
काठमान्डौ/नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सत्तापक्षका सांसदहरूले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसदमा विरोध जनाएको हो ।कांग्रेस सांसद लेखनाथ दाहालले सांसदले ओली नेतृत्वको सरकारले पशुपतिनाथको मन्दिरको गजुरमा सुन भनेर पित्तल लगाएको आरोप लगाएका थिए ।
त्यसको जवाफ सरकारले नदिएसम्म एमालेले सदन चल्न नदिने प्रमुख सचेतक पदम गिरीले बताए ।एमाले सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरेका छन् ।र सभामुखले २० मिनेटका लागि संसद स्थाकित गरेका छन्।