रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी पत्नीले दीईन निवेदन

146
0
Share:

काठमान्डौ/रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छन् ।उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन् ।

 

‘मैले आज राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छु’ उनले अनलाइनखबरसँग भनिन्, ‘निवेदनमा तीन तहको अदालतले निरूपण गरिसकेको बिषयलाई राजनीतिको खास्टो ‌ओढाएर माफी मिनाहा नदिन आग्रह गरेकी छु ।’सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएसँगै बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् ।

 

सरकारले आगामी सोमबार(१५ जेठ)को गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिने तयारी सुरु गरेको छ । १५ फागुन २०७४ देखि थुनामा रहेका चौधरीले अदालतको फैसला अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्ने हुन्छ ।

 

Share: