राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको टेजरी बिल बिक्री गर्ने

Share:
काठमान्डौ/नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टेजरी बिल बिक्री गर्न लागेको हो ।यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु ३४ अर्ब २० करोड बराबरको टेजरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो ।
पछिल्लो पटक बिक्री गर्न लागिएको टे«जरी बिल २८ दिने अवधिदेखि तीन सय ६४ दिने अवधिसम्मको छन् । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त टे«जरी बिल बिक्री गर्न लागेको हो ।केन्द्रीय बैंकका अनुसार हाल टेजरी बिलको अल्पकालीन ब्याज सात दशमलव ९१ प्रतिशत बराबर रहेको छ । यस्तै तीन सय ६४ दिनको ब्याज भने आठ दशमलव ८० प्रतिशत बराबर छ । अन्तरबैंक ब्याजदर भने सात प्रतिशत बराबर छ ।
Share: