प्रतिनिधिसभा बैठक आज बस्दै

122
0
Share:

काठमान्डौ/प्रतिनिधिसभाको बैठक आज (शनिबार) बस्दैछ। बैठक अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिएका छन्।

 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ । शुक्रबार एमालेका सांसदले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।

 

त्यसपछि सभामुखले बैठक स्थगित गरी दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका थिए। विभिन्न चरणको सर्वदलीय बैठकसँगै बैठक पुनः साँझ ६ बजेका लागि बोलाइएको थियो। तर सहमति हुन नसकेपछि बैठक शनिबार अपराह्न ४ बजे बस्नेगरी बोलाइएको हो।

 

Share: