मन्त्रिपरिषद् बैठकको निर्णय : रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

188
0
Share:

काठमान्डौ/सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

 

गणतन्त्र दिवसका अवसरमा उनको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको उनको भनाई छ । चौधरीसँग अन्य केही कैदीको बाँकी सजाय र केहीको सजाय माफी गर्ने निर्णय भएको छ ।

 

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीलाई सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् ।

 

यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।

Share: