आजको मन्त्रिपरिषद्को बैठक ५ निर्णय , योजना आयोगको सदस्य नियुक्त गर्ने देखि रेशमचौघरिको बाँकी सजाय मिनाहा गर्ने निर्णयसम्म

Share:

काठमान्डौ/मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङकी अनिता दुलाललाई नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारका प्रवक्ता रेखा शर्माले उक्त जानकारी दिइन् ।

 

त्यस्तै, क्यानडामा आगामी भदौ ५ देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरणको सातौँ सभाको सम्बन्धित बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

 

सिन्धुलीमाढी भूमिस्थान चकमके उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिने, गणतन्त्र दिवसका सन्दर्भममा टिकापुर रसंहारका दोषी रेमश चौधरीसहित केही कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।चौधरीको निवेदनका आधारमा राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको मन्त्री शर्माले जानकारी दिइन् । कानुनअनुसार र उक्त निर्णय गरिएको मन्त्री शर्माको भनाइ छ ।

 

Share: