
काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले ४८२ जना कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाह गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र दिवस २०८० को अवसरमा ७ जना ज्येष्ठ नागरिक र अन्य ४७५ गरी कूल ४८३ जना कैदीको बाँकी कैद सजाय मिनाह गरेका हुन् ।
सजाय मिनाह पाउनेहरूमा डाका चोरी, ठगी बहुविवाह कर्तव्य ज्यान वैदेशिक रोजगार कसुरलगायतमा जेल जीवन बिताइरहेकाहरू छन् ।
कैद कट्टा गर्ने प्रयोजनका लागि कैदको न्यूनतम ५० प्रतिशत कैद भुक्तान गरेकाहरूलाई कैदी मिनाह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । गृह मन्त्रालयले कैद भुक्तान गरेकामध्ये कागजपत्र छानबिन गरी उपयुक्त देखिएकाको कैद कट्टाका लागि सिफारिस गरेको थियो ।