ट्रकको ठक्करबाट वुद्धाको मृत्यु

275
0
Share:

काठमान्डौ/कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने वुद्धाको ज्यान गएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

 

आज दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते भएकी थिइन् । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसनधान गरिरहेको छ ।

Share: