हामीले अदालतलाई हेप्यौं, गणतन्त्रमा कसैको हुकुम चल्दैन : गगन थापा

274
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई सरकारले दिएको आममाफीबारे आक्रोश व्यक्त गरेका छन् । उनले नेपाली काँग्रेस ललितपुर-२, को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै रेशमलाई यसरी माफी दिइनु राजाको शासन नभएको बताउँदै आक्रोश पोखेका हुन् ।

 

उनले भने, ‘यो राजाको शासन होइन । यहाँ हुकुम चल्दैन, यो गणतन्त्र हो। गणतन्त्रमा केबल कानुन मात्रै चल्छ । कानुनको शासन मात्रै चल्छ। हामीलाई सरकार चलाउन गाह्रो भयो भनेर कानुनलाई मिचेर थिचेर बलमिचाइ गरेर हामी कुनै निर्णय गछौँ । अदालतको आदेशलाई हेप्न मिल्दैन । हामीले हतार–हतार निर्णय गछौँ। हामीले अदालतलाई हेप्यौँ । हामीले जे गरे पनि हुन्छ भन्यौँ ।’

Share: