
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद विन्दबासिनी कंसाकारले आज पद तथा गोपनियताको सपथ लिएकी छन्। आज आयोजित समारोहमा सपथ ग्रहण गरेकी हुन्।समानुपातिक सांसद विन्दबासिनी कंसाकार ढाका कुमार श्रेष्ठको ठाउमा उनलाई रास्वपाले सिफारिस गरेको हो।ढाका कुमारलाई निलम्बन गरि उनलाई संसद बनाउन रास्वपाले सिफारिस गरेको थियो।
उनलाई निर्वाचित भएको प्रमाणपत्र निर्वाचन आयोगले यस अगिनै प्रदान गरेको थियो। निर्वाचन आयोगले प्रमाणपत्र दिएपनि निलम्बन कार्यन्वयन नगर्न सर्वच्च अदालतले आदेशले गर्दा उनको सपथ रोकिएको थियो।
नव निर्वाचित सांसद विन्दबासिनी कंसाकारले आज संघीय संसदका सभामुख समक्ष पद तथा गाेपनियताकाे शपथ ग्रहण गराएका हुन्। साेही अवसरमा पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सांसद कंसाकारलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन्।