
पुजन धिताल :- काठमान्डौ/नेपाली नागरिकले कुनैपनि मुलुकको नागरिकता लिएपछी पुन : नेपालमै सकृय भै नेपालि नागरिकताको आधारमा सार्वजनिक पदधारणा गर्नु गैरकानुनि मानिन्छ।तेसो गरेमा नेपालको नागरिकता सम्बन्धि कानुनले कैद तथा जरिवानाको व्यवस्था गरेको छ। तर पछिल्लो समय कानुनकै व्यवस्था गर्दै अन्य मुलुकको नागरिक हुदा बखतनै दोहोरो नागरीकता मार्फत नेपालमै सार्वजनिक पदधारणा गर्नु झन् कानुन विपरीतको कार्य हो।नेपाली नागरिकहरु नेपालबाट अन्य मुलुकमा गई स्थाई रुपमा बसोबास गर्नका लागि नेपाली नागरिकता त्याग गरि जुन मुलुकमा बसोबास गर्ने हो सोही मुलुकको नागरिकता लिई बसोबास गर्नु पर्दछ। तर यसरी अन्य मुलुकको नागरिकता लिएका र फेरी नेपाल आई नेपालि नागरिककै हैसियतमा सार्वजनिक पदनै धारणा गरेर नेपालमै बस्ने नागरिकको ठुलो समुह नै नेपालमा रहेको तथ्य सार्वजनिक हुदै आएको छ।
अन्य मुलुकमा नागरिकता लिदाको बखतनै त्यागेको नेपालि नागरिकतालाई कुनै सरकारी निकायको स्कृति विनानै पुन :सकृय बनाई सार्वजनिक पद धारणागर्नु गैरकानुनि भएतापनि यस कानुन कार्यन्वयन सरकारका लागि चुनौती सावित भएको छ।केहि समय अगी अमेरिकी नागरिकता लिई सकेका र पछिल्लो समय नेपालमै रहेर सामाजिक कार्य र संगै पत्रकारिका पेशामा सकृय रबि लामिछानेले राजनीतिक दल खोलेर निर्वचनमा होमिए र उनीले जित पनि हासिल गरे , संगै सार्वजनिक पदनै धारणा समेत करिब एक महिना गरे , पछि सर्वच्च अदालतको फैसला पछि उनले नागरिकता पुन: प्राप्ति गर्नु पर्ने र रविको सांसद र तात्कालिन गृहमन्त्रीको पदनै खारेज गरेको थियो।
उजुरी परेकाहरुको हकमा अदालतले नागरिकता पुन कायम गर्नु पर्ने आदेश दिनु र सांसद पदनै खारेज गर्नु कानुन सम्बत रहेता पनि अन्य उजुरी नपरेका लाई कानुनि बाटोमा ल्याउन नसक्नु अहिलेको सरकारलाई दोहोरो नागरीकताको विषय छुट्याउनु र कारवाहीको प्रक्रियामा ल्याउनु वास्तविक चुनौती सावित भएको छ। उजुरी नपरेपनि कानुनलाई सबैकालागी र समान र अपरिहार्य बनाउन नसक्नु सरकारको कानुन कार्यन्वयन नै फितलो भएको स्पस्ट हुन्छ ।सबैकालागि अपरिहार्य रुपमा दोहोरो नागरिकता बाट सार्वजनिक पद धारणा गर्नुलाई दण्डित गर्ने व्यवस्थाको अपरिहार्य रुपमा लागु गर्नुपर्दछ। त्यसबाट मात्र सहि सत्य कानुनि राज्यको स्थापना र समान कानुनि राज्यको महसुस आम जनतालाई गराउनु पर्नेमा तेसो भने हुन सकेको छैन।
नेपाली नागरिकता त्याग नगरी कुनैपनि मुलुकको नागरिकता पाउन सकीदैन र त्यसरी त्याग गरेको नागरिकता पुन नेपालमै रहेर सकृय बनाई सार्वजनिक पद घारण गर्नु गैर कानुनि कार्य हो। यस्ता गैर कानुनी कार्य लाई सजायको व्यवस्थाहुदा हुदै कार्यन्वयन नहुदा गैर नेपालिहरुले समेत नेपाली नागरिकको सुविधा प्राप्त गरिरहेका छन्। कानुनमा भनिएको अनुसार कुनैपनि नागरिकले अन्य मुलुकको नागरिकता लिदा स्वत रुपमा नेपाली नागरिकता कायम नरहने व्यववस्था छ। कानुनले नै बन्देज गरेको झुटा विबरण पेश गरी वा अन्य मुलुकको नागरिक हुदा हुदै पुन नेपालि नागरिकता सकृय गराई सार्वजनिक पद धारणा गरेको पाईएमा कानूनी प्रावधानले कुनै व्यक्तिले दोहोरो नागरिकता लिएको वा झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा वा दोहोरो नागरिकता लिएको पुष्टि भएमा नागरिकता बदर गर्न सक्ने र निजले अर्को देशको नागरिकता प्राप्त गरेको वा झुठ्ठा विवरण दिई नागरिकता लिएको तथ्यलाई भन्ने प्रमाणबाट पुष्टि भएको अवस्थामा जहिलेसुकै निजको नागरिकता बदर गर्ने र सम्बन्धी कारबाही चलाउन सक्ने व्यवस्था छ।
विदेशी नागरीकता भैरहेको व्यक्ति नेपालमै सार्वजनिक पदमा रहेको र अन्य मुलुकको नागरिकतापनि निज व्यक्ति रहेको भन्दै सिन्धुलीका युबराज पौडेल “सफल”ले गत बैशाखमा गृह मन्त्रालयमा १२ जना विरुद्ध मुद्धा दायर गरेका छन्। उनले निज व्यक्ति संग अन्य मुलुकको नागरिकता , ग्रिन कार्ड , पीआर र नागरिकता रहेको भनि उजुरीमा लेखेका छन् । उजुरीमा भनिएको छ ,नेपाली सक्कल नागरिकता झिकाई र अन्य मुलुकको नागरिकता , पीआर , र ग्रीनकार्ड छ छैन सत्य तथ्य छानविनको गरी पाउ भनि निबेदनमा उल्लेख थियो ।नेपालमा हाल सम्म दोहरो नागरिकता लिएको धेरै घटनाहरु सार्वजनिक भएका छन्। तर दोहोरो नागरिकताको मुद्धामा कोहि पक्राउ तथा सजाय पाएका छैन्नन। दोहोरो नागरिकता प्रमाणित हुदा सम्म कारवाही नभएको र उजुरी पर्दा पनि छानबिन सरकारले नगरेको थुप्रै घटनाहरु छन्। गाउपालिका अधक्क्ष , उपादक्क्ष , वडा अधक्क्ष देखि प्रदेश साम्सद र सघिय साम्सद सम्मको नाउमा दोहोरो नागरिकता लिएको प्रमाण सहित विभिन्न संचार माध्यमले समाचार लेखेको पाईन्छ। तर हाल सम्म पनि रबि लामिछाने बाहेक दोहोरो नागरिकताको मुद्धामा दोषी करार गरि पद गएको तथा सजाय पाएको अन्य कोहि छैनन्। दोहोरो नागरिकतालिएकै आधारमा कसैलाई पनि कारवाही गरेको विबरण अहिले सम्म सरकारले सार्वजनिक गरेको छैन।
दोहोरा नागरिकताको लाई कायम हुन नदिन र अन्य मुलुकको नागरिकता लिई सकेको व्यक्तिलाई नेपाली नागरिकता सकृय बनाई नेपाली सार्वजनिक पद धारणा गर्न रोक्नलाई समयमै सहि कदम चाल्नुपर्ने आवस्यकता छ। यसो नगरेमा नेपाली सार्वजनिक पद धारणा गरि मुलुक विरोधी कार्य हुने खतरा देखि ,गैर काकुनी मानिने कार्यलाई कानुनि बाटोबाटै अनिवार्य पालना गराउन बाट सरकार चुक्ने छ। कानुन कार्यन्वयनमा सरकार चुक्ने हो भने यसबाट राज्यले थप क्षेति व्यहोर्नु पर्ने निश्चित छ।
नेपालको संबिधानमा लेखीए बमोजिम यस्तो अवस्थामा नेपालि नागरिकता कायम नरहने व्यवस्था छ।
यस्तो अवस्थामा नेपाली नागरिकता कायम नरहने व्यवस्था :
नेपालको संविधानको धारा १३ ले नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुने छ भन्ने व्यवस्था गरेको छ । नेपाल नागरिकता ऐन, २०६३ को दफा १० ले नेपाली नागरिकता कायम नरहने सम्बन्धमा यस्तो व्यवस्था गरेको छ।
(१) नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।
(२) नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्ने छ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन ।
(३) दफा १४ बमोजिम कुनै व्यक्तिलाई नेपाली नागरिकताबाट हटाइएकोमा त्यसरी हटाइएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता कायम रहने छैन ।
(४) कुनै व्यक्तिलाई एकैसाथ नेपालको र विदेशी मुलुकको नागरिकता प्राप्त हुने अवस्था भएमा त्यस्तो व्यक्तिले सोह्र वर्ष उमेर पुगेको दुई वर्षभित्र कुनै एक मुलुकको नागरिकता रोज्नु पर्ने छ । त्यसरी नागरिकता नरोजेको अवस्थामा सो म्याद नाघेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।
साथै “कुनै विदेशी व्यक्तिले झुठो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिने छ” भन्ने व्यवस्था रहेको छ । यस कानूनी प्रावधानले कुनै व्यक्तिले दोहोरो नागरिकता लिएको वा झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा वा दोहोरो नागरिकता लिएको पुष्टि भएमा नागरिकता बदर गर्न सक्ने देखिन्छ । यी प्रत्यर्थीले पनि अर्को देशको नागरिकता प्राप्त गरेको वा झुठ्ठा विवरण दिई नागरिकता लिएको तथ्यलाई भन्ने प्रमाणबाट पुष्टि भएको अवस्थामा जहिलेसुकै निजको नागरिकता बदर गर्नेसम्बन्धी कारबाही चलाउन सक्ने नेपाल सरकारको अधिकार सुरक्षित नै रहेको देखिन्छ ।
यस्तो अवस्थामा नेपाली नागरिकता कायम रहन्छ :
१. पन: नेपाली नागरिकता कायम हुने अवस्था : कुनै नेपाली नागरिकले विदेशी मलुकको नागरिकता प्राप्त गरिसके पछि पनुः नेपालमा आई बसोबास गरि विदेशी मलुकको नागरिकता त्यागेको निस्सा तोहकएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मिति देखि पुन: कायम हुने
२.नागरिकताको प्रमाणपत्र रद्ध गर्ने : कुनै नेपाली नागरिकले झठुो विबरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकीएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्ध गनेछ ।
३.दोहोरो नागरिकता लिन नहने : कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदुैन ।
तर बसाइ सराईको अधारमा कुनै व्यक्ति चाहेमा सम्बन्धित कार्यालयबाट निजले पहिले लिएको नागरिकता खिची अर्को नागरिकता जारी गर्न बाध्य पर्ने छैन।
४. नेपाली नागरिकता हटाउने : (१) कुनै विदेशीले व्यक्तिले झठुो विबरण वा बयान दिई
नेपाली नागरिक हो भनी झुकाई नेपाली नागरिकताको प्रमाणपत्र प्राप् गरेको कुरा प्रमाणित हुन् आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरि निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ ।
(२) यस दफा बमोजिम नेपाल सरकारले कुनै व्यक्तिलाई नेपालको नागरिकताबाट
हटाउनेगरी दिएको आदेश उपर पैंतीस दिनभित्र उच्च अदालतमा पुनराबेदन लाग्न सक्नेछ ।
नागरिकतामा दण्ड सजाय :
(१ ) कुनै बिदेशी नागरिकले नेपाली नागरिक भएको दाबी गरी झुटो विबरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्ष सम्म देखि पाचा वर्ष सम्म कैद वा पचास हजार रुपैया देखि एक लाख रुपैयाुँ सम्म जरिबाना वा दुवै सजाय हनुेछ । झठुो विबरण दीई प्राप्त गरेको नागरिकता स्वतःरद्ध हनुेछ ।
(२) कुनै विदेशीलाई झठुो विबरणका आधारमा नागरिकता दिलाउने कार्यमा संलग्न भई
सनाखत गर्ने व्यक्ति वा सिफारिस गने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस
हजार देखि पचास हजार रुपैया सम्म जरिबाना वा दवुैसजाय हनुेछ ।
(३)कसैले नेपाली नागरिकताको झठुो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने गराउने व्यक्तिलाई एक वर्ष देखी पाच वर्ष सम्म कैद वा बीस हजार देखी एक लाख रुपैया सम्म जरिबाना वा दवुै सजाय हनुेछ ।



