दिवा खाजाको लागि ८ अर्ब ४५ करोड विनियोजन

144
0
Share:

काठमान्डौ/सर कारले आगामी आर्थिक वर्षका लागि सामुदायिक विद्यालयमा दिँदै आएको दिवा खाजालाई निरन्तरता दिन ८ अर्ब ४५ करोड विनियोजन गरेको छ ।

 

सरकारले दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था पनि गरेको छ । अर्थ मन्त्री डा. प्रकाशशरण महतका अनुसार आगामी आव २०८०र८१ को बजेट घोषणा गर्दै यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बताएका छन् ।

 

स्थानीय तथा रैथाने कृषि उपजबाट खाजा उपलब्ध गराउने व्यवस्था गरेको छ । त्यस्तैगरी विद्यालयका छात्राहरूलाई निःशुल्क १ अर्ब ४२ करोड विनियोजन गरेको छ ।

Tagsbudget
Share: