
काठमाडौँ/सरकारले काठमाडौँको बाल सुधारगृह केन्द्र निर्माण गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै तनहुँको ढकालटारमा बाल सुधारगृह केन्द्र निर्माण गरिने बताउनुभएको छ ।
अर्थमन्त्री महतले सबै प्रकारका बालश्रम शोषणको अन्त्य गर्ने, हाल सञ्चालनमा रहेका आठ वटा बाल सुधार गृहको मर्मतसम्भार तथा संस्थागत क्षमता अभिवृद्धि गरिने बताउनुभएको छ ।
निःशुल्क आपत्कालीन हवाई उद्धार गरिने
सरकारले निःशुल्क आपत्कालीन हवाई उद्धारलाई निरन्तरता दिने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेट पेश गर्दै राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गभर्वती तथा सुत्केरी अवस्थाका महिलाको निःशुल्क आपत्कालीन हवाई उद्धार गरिने बताउनुभएको छ ।
यस कार्यक्रमअन्तर्गत विपन्न महिला लक्षित जीविकोपार्जन सुधार उद्यमशीलता विकासका लागि प्राविधिक सहयोगलगायतका कार्यक्रमलाई निरन्तरता दिएको अर्थमन्त्री महतले जनाउनुभयो । साथै सरकारले सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाउने भएको छ । अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सहायता वितरण गरी कोशी, लुम्बिनी र कर्णाली प्रदेशको सहकार्यमा अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनाको व्यवस्था मिलाउन बजेट विनियोजन गरेको अर्थमन्त्री महतले बताउनुभयो ।