रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध परेको रिटको भोलि सुनवाइ हुदै

Share:

काठमान्डौ/टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध मृ‌तककी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको छ उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा रिट दिएकी थिइन् ।

 

सरकारले चौधरीलाई आम माफी दिने तयारी गरेपछि शारदा रिट लिएर सर्वोच्च पुगेपनि त्यस दिन दर्ता भएको थिएन ।चौधरी सोमबार माफी पाएर जेलमुक्त भइसकेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त रिटको पेशी बुधबारका लागि तोकिएको जानकारी दिए ।

 

Share: