नक्कली शरणार्थी प्रकरणका ८ अभियुक्तको बयान सकियो

137
0
Share:

काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म काठमाडौँ जिल्ला अदालतको न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आठ अभियुक्तको बयान सकिएको छ । मङ्गलवार इन्द्रजीत राई, सन्देश शर्मा र महेन्द्र केसीको बयान लिइएको हो ।

 

यसअघि, आइतबार सन्दीप रायमाझी, टङ्क गुरुङ र लक्ष्मी महर्जनको बयान लिइएको थियो । त्यस्तै, गत शुक्रबार केशवप्रसाद दुलाल र सागर राईको बयान लिइएको थियो । यो हप्तामा बाँकी रहेका नौ अभियुक्तसमेतको बयान सकिनेछ । पक्राउ परेका सबैको बयान सकिएसँगै थुनछेक बहस सुरु हुनेछ ।

 

अब पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सानु भण्डारी, पूर्व संविधानसभा सदस्य आङटावा शेर्पा, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्दकुमार चौधरीको बयान बाँकी छ ।

 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० जनाविरुद्ध गत बुधबार मुद्दा दर्ता भएको थियो । ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ सङ्गठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको छ ।

त्बनक स् अभियुक्त जिल्ला अदालत बयान भुटानी शरणार्थी

प्रतिक्रिया दिनुहोस

 

 

 

सम्बन्धित

घण् ःबथ, द्दण्द्दघ ठस्छण् ऊ
आफ्नो क्षेत्रमा बजेट नआएको प्रचण्डसँग माओवादी सांसदको गुनासो

Share: