आज नेपाल र मलेसिया भिड्दै

180
0
Share:

काठमान्डौ/नेपालले तेस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज घरेलु टोली मलेसियासँग भिड्ने भएको छ । खेल मलेसियाको बांगीमा नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ ।

पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरीमा छ । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

 

मलेसियासँग जेठ २० र २१ मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ ।

Share: