
काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार तीन आरोपितको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आरोपितहरुको बयान सुरु भएको हो ।जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँको बयान सुरु भएको हो ।
टोपबहादुर पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव हुन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकारमध्ये एक रहेको भन्दै मुद्दा प्रक्रिया अघि बढाइएको हो ।यस्तै शेर्पा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । मियाँ भने हज समितिको अध्यक्ष हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो ।बुधबारसम्म १२ प्रतिवादीको बयान लिइसकिएको छ । ३० जना प्रतिवादी रहेको यो प्रकरणमा १७ जना पक्राउ परेका छन् भने १३ जना अझै फरार छन् ।