दुई छोरालाई विष खुवाएर आफूले पनि गरिन् आत्महत्या प्रयास, एक छोराको मृत्यु

Share:

काठमान्डौ/मकवानपुरको हेटौंडामा एक महिलाले आफ्नो दुईजना नाबालक छोरालाई विष खुवाएर आफूले पनि आत्महत्याको प्रयास गरेकी छिन् । हिजो साँझ स्थानीय बाबुराम वाईवाकी ३६ वर्षीया श्रीमती सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन वाईवा र १८ महिने छोरा जेनिस वाईवासहित प्यारा क्वाईट डाइक्लोराईड नामक झार मार्ने विषादी सेवन गरेकी थिइन् ।

 

जसका कारण नाबालक छोरा जेनिसको आज बिहान उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

 

उनका अनुसार विषादी सेवनबाट गम्भीर बिरामी भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । यहाँ उपचार सम्भव नहुने देखिएपछि गएराति नै उनीहरुलाई चितवन पठाइएको थियो । अहिले सोनी र उनका ७ वर्षीय छोरा अस्किनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सोनीको अवस्था गम्भीर रहेको छ ।

 

विष सेवन गर्नुको कारण नखुलेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ

Share: