बिहेको प्रस्ताव अस्वीकार गरेपछि युवाले गरे प्रेमिकासहित काकाको हत्या

Share:

काठमान्डौ/कपिलवस्तुमा एक युवकले प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेको झोँकमा प्रेमिका र उनका काकाको हत्या गरेका छन् । प्रेमिकासँगको रिसिबीका कारण आक्रोशित ती युवाले आफ्नो प्रेमिका र उनलाई जोगाउन खोजेका काकाको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

 

ति युवकले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुलाई आज बिहान ९ बजेतिर रुपन्देहीको कञ्चन गाउँपालिका २ का २२ वर्षीय मोहन थारुले मटेरियास्थित घरमै चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए ।

 

चक्कु प्रहारबाट सख्त घाइते भएका बमबहादुरको जीतपुरस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रअञ्जलीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मीनबहादुर घलेले जानकारी दिए । उनका अनुसार दुवै जनालाई शरीरका विभिन्न ठाउँमा चक्कु प्रहार गरेर घाइते बनाइएको थियो ।

 

चक्कु प्रहार गर्ने मोहनलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रवक्ता घलेका अनुसार मोहन र अन्जनीबीच प्रेम सम्बन्ध थियो । मोहनले केही समयअघि विवाहको प्रस्ताव अन्जनीलाई राखेपनि उनले अस्वीकार गरेकी थिइन् । दुवैबीच यही विषयमा विवाद बढेपछि अन्जनीले मोहनलाई बेवास्ता गर्दै आएकी थिइन् ।

 

सोही विषयमा बदला लिन मोहन बिहान आफ्नो घरबाट अन्जनीको घरमा पुगेको थियो । बिहान ८ बजेतिर मोहन अन्जनीको घरमा पुगेको र चक्कु प्रहार गरेर उनलाई घाइते बनाएपछि जोगाउन पुगेका काकालाई पनि प्रहार गरेका थिए, स्थानीयले मोहनलाई घेरेर प्रहरीलाई खबर गरेपछि इप्रका कोपवाको प्रहरी टोली पुगेर नियन्त्रणमा लिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share: