वायुसेवा निगमका कर्मचारीको टोली लाई कारबाही

416
0
Share:

काठमान्डौ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा निगमका कर्मचारी गगन बहादुर चन्द युनिट इञ्चार्जको टोलीलाई कारबाही गरेको छ ।जेठ १७ काठमाडौँबाट ताप्लेजुङ उडानका लागि नेपाल वायुसेवा निगमको टिकट काटेर बोर्डिङ पास लिएर जहाजको ढोकामा पुगेका वृद्ध ठाकुरसिंह भण्डारीलाई विमानस्थलबाट सिस्टममा नाम नभएको भन्दै घर फर्काइएको घटनापछि उनीहरूलाई कारबाही गरिएको उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक संजालमा सप्रमाण राखेर जानकारी दिएका छन् ।

 

घटनाबारे गुनासो आएकाले निगमका सम्बन्धित कर्मचारी चन्द युनिट इञ्चार्जलाई सोधपुछ गर्दा चित्त बुझ्दो जवाफ नआएपछि कारबाही गरिएको हो ।चन्दलाई कारवाही स्वरुप काठमाडौँबाट ताप्लेजुङ विमानस्थलमा सरुवा गरी थप अनुसन्धान जारी राखेको छ ।

Share: