
काठमान्डौ/बागमती प्रदेशसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान १० बजेका लागि बोलाइएको छ । उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०र०८१ को लागि सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत जेठ १७ गतेबाट सञ्चालन भएको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो । उक्त बैठकहरूमा सत्तापक्ष र प्रतिपक्ष गरी ५५ जना प्रदेश सभाका सदस्यहरूले नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिएका थिए ।
शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्न बारे सरकारका तर्फबाट मुख्यमन्त्री र मन्त्रीहरूले जवाफ दिनेछन् भने त्यस लगत्तै प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम पारितका लागि निर्णायार्थ पेस गर्नेछन् ।