नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँण, रिजाल र महर्जनको बयान जारी

172
0
Share:

काठमान्डौ/जिल्ला अदालत काठमाडौँमा पूर्वगृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाँणसहित ३ जनाको बयान जारी छ । नक्कली भुटानी शरणार्थी प्रकरणका गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणसहित शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको पनि बयान भइरहेको छ ।

 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर राष्ट्रहित प्रतिकूल हुने कसुर, सङ्गठित ठगी र कीर्तेमा मुद्दा दायर गरेपनि हालसम्म प्रहरीले १८ जनालाई पक्राउ गरेको छ भने १५ जनाको बयान सकिइसकेको छ ।

 

आइतबारदेखि थुनछेक बहस हुँदैछ । बहसपछि आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश हुनेछ ।

Share: