भ्रष्टाचार मुद्दामा चुडामणि दोषी ठहर

191
0
Share:

काठमान्डौ/कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा तत्कालीन सहसचिव चुडामणि शर्मालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालीन सदस्य सचिव शर्मासहित तीन जनालाई दोषी ठहर गरेको हो ।

 

भ्रष्टाचार मुद्दामा विशेष अदालतले आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध मुद्दा दायर गरेको थियो । विशेषले दोषी ठहर गरेका उनीहरुको सजाय भने निर्धारण भएको छैन ।

 

Share: