
काठमान्डौ/मध्य तराईका जिल्लाहरूमा तापक्रम अत्यधिक बढेकाले लुको खतरा बढेको भन्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ । मध्य तराईका जिल्लामा ५ दिनसम्म तातो हावा अर्थात् लु चल्ने खतरा रहेका महाशाखाले जनाएको छ ।
आज शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ। पछिल्लो केही दिनयता काठमाडौँको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ। काठमाडौँ उपत्यकामा बिहानैदेखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महसुस गरिएको छ ।
गर्मी बढी हुँदा तातो हावा चल्ने र लु लाग्ने सम्भावना बढी हुने हुँदा यस्तो सकेसम्म घर बाहिर ननिस्किने र वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा दीर्घ रोगीहरूलाई विशेष ख्याल गर्नुपर्ने उनको सुझाव छ ।
पछिल्लो ५ दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लागेकाले अधिकतम तापक्रम बढेकाले बढी गर्मी महसुस भएको छ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । साथै पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको छ ।