भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस

186
0
Share:

काठमान्डौ/भुटानी शरणार्थी मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ । पक्राउ परेका १८ जनाको बयान शुक्रबार सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुने काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।

 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रहेको मुद्दामा थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने-नपठाउने टुङ्गो लाग्नेछ ।

 

उक्त प्रकरणमा सरकारी वकिलका तर्फबाट ४ जनाले बहस गर्ने तयारी गरेका छन्। प्रतिवादीका तर्फबाट करिव ५० जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा दिने तयारी गरेका छन् ।

 

३० प्रतिवादी भएको र पक्राउ परेका अधिकांश व्यक्तिहरुले २ भन्दा धेरै कानुन व्यवसायी राख्ने तयारी गरेकाले थुनछेक बहस केही दिन लम्बिने देखिए छ ।

 

करिब १ साता बयानमा लागेको र एक सातामा थुनछेक बहसपछि मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने अदालतले निर्णय गर्नेछ ।

Share: