
काठमान्डौ/सेयर लगानीकर्ताहरूले सरकारले कर सम्बन्धमा गर्न लागेको नयाँ नीतिविरुद्ध आन्दोलन गरेका छन् । आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक संशोधन नभएसम्म शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयमा सूचना टाँसेर टिएमस बन्द गराएका हुन् ।
लगानीकर्ताहरू तिलक कोइराला, केशव कोइराला, रोहन कार्की, नयन बास्तोलालगायतका लगानीकर्ताहरू आएर तालाबन्दी गरेको एक ब्रोकरले बताए ।
अहिले अर्थमन्त्रीसँग बार्ता गर्ने भन्दै लगानीकर्ता अर्थमन्त्रालय पुगेका छन् ।