
काठमान्डौ/राप्रपा नेपालले आजको प्रतिनिधिसभाको बैठकको कार्यसूची स्थगन गर्न माग गरेको छ। आज ११ बजेदेखि बस्न लागेको संसद्को बैठक स्थगनको माग गरेको हो । प्रधानमन्त्रीको भारत भ्रमणमा रास्ट्र हित विपरीत कार्य भएको र नीति विपरित नागरिकता विधयक प्रमानिकरण गरिएको जवाफ नदिई संसदको नियमित कार्य अगि नबडाऊन माग गर्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले स्थगन प्रस्तावको सुचना पेस गरेका हुन्।
आजको बैठकमा जेठ १५ गते सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । तर नेकपा एमालेले समेत आजको संसद बैठक निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक भारतलाई दिएर बङ्गलादेश जोड्ने भूमि भारतबाट लिन सकिनेबारे दिएको अभिव्यक्तिको संसदमा प्रतिवाद गर्ने बताएको छ ।
एमाले सचेतक महेशकुमार बर्तौलाले दुई विषयमा आफूहरुको असहमति रहेको भन्दै त्यसै अनुसार अगाडि बढ्ने बताए ।हामीहरुको दुई विषयमा असहमति छ । त्यसै अनुसार संसदमा प्रतिवाद गर्छौं ।’नागरिकता विधेयक प्रमाणीकरणको विषयमा एमालेले विरोध गर्दै आएको छ । तेसैले गर्दा ११ बजेका लागि तय गरिएको बैठक अझ सुरु हुन सकेको छैन।
राप्रपाको स्थगन प्रस्ताब :-