ठगी आरोपमा चन्द्रागिरिबाट एक जना पक्राउ

147
0
Share:

काठमान्डौ/ठगी आरोपमा चन्द्रागिरिबाट एक महिला पक्राउ परेकी छिन् । ललितपुर प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधाराबाट ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा राधिका चौलागाईं श्रेष्ठलाई पक्राउ गरेको हो ।

 

उनले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूलाई ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share: