
काठमान्डौ/नियमित कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।
आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै बैठक अवरुद्ध गरेको हो ।
त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गर्दै बैठक अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्षले २९ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।अर्को बैठक भोलि दिउँसो १ बजेर १ बजेका लागि बोलाइएको छ ।