
काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले मलेसिया, रुस, ब्राजिल, डेनमार्क, इजिप्ट, अष्ट्रियाका लागी ६ राजदूतहरुलाई गैरआवासीय राजदूतको जिम्मेवारी प्रदान गरेका छन् ।जसमा मलेसियाका राजदूत डिल्लिराज पौडेललाई ब्रनाई दारुसलाम, रुसका मिनराज तुलाधरलाई गणतन्त्र काजखस्तानको, ब्राजिलका निर्मलराज काफ्लेलाई गणतन्त्र चिलीको, इजिप्टका सुशीलकुमार लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाको, अष्ट्रियाका भरतकुमार रेग्मीलाई क्रोएसिया र डेनमार्कका प्रा. डा. राम स्वार्थ रायलाई लिथुआनियाको गैरआवासीय राजदूतको जिम्मेवारी तोकिएको छ
नेपालको संविधान २०७२ को धारा २८२ को उपधारा एक बमोजिमत आवासीय तथा गैरआवासिय राजदूतहरु नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ति :-