
काठमान्डौ/दाङमा अटो र मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अटो चालक घोराही उपमहानगरपालिका(५ का ३२ वर्षिय किरण रोका रहेका छन् । दुर्घटना पश्यात घाइते भएका रोकको स्वास्थ्य चौकी सिसहनियामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।
दुर्घटनामा अटोमा सवार घोराही उपमहानगरपालिका-१८ मसिनाका ५० वर्षिय दिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका(३ बसन्तपुरका ३३ वर्षिय दोर्णबहादुर चौधरी र मोटरसाइकलमा सवारमा सोही ठाउँ निवासी ३० वर्षिय सुन्दर चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी गौतमले बताए ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका(४ स्थित श्रीनारायण चोकमा घोराहीबाट भालुवाङ आउँदै गरेको भे १२ प नम्बरको मोटरसाइकल र विपरीत दिशा तर्फ जादै गरेको रा १ ह ५६०३ नम्बरको अटो एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।