नक्कली शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस हुने

169
0
Share:

काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि सुरु भएको थुनछेक बहस आज पनि हुने भएको हो ।

 

जसअनुसार आइतबार दुई जना सरकारी वकिलले मात्रै बहस गरेका थिए । सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधीवक्ता महेशप्रसाद घिमिरे र जनकप्रसाद घिमिरेले बहस गरेका हुन।

 

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे लगायत अठारै जनालाई अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस सुरु गरेका थिए ।

 

सोमबार र मङ्गलवार पनि सरकारी वकिलले नै बहस गर्ने तयारी छ । त्यसपछि अर्को मङ्गलवार सम्म भने प्रतिवादीको तर्फबाट वकिलहरूले बहस गर्नेछन् । यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् ।

Share: