सोमबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

143
0
Share:

काठमान्डौ/साताको देस्रो दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। हिजोको कारोबार दिन अर्थात् आइतबार प्रतितोला एक हजार सात सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Share: