भारतबाट फर्किँदा स्वागत होला भनेको त बडो विचित्रका तर्क-कुतर्क हुन थाले : प्रधानमन्त्री

201
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारत भ्रमणबाट फर्किएपछि नेपालमा अनेकौँ तर्क-वितर्क भएकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले आफ्नो भ्रमण सफल भएको भए पनि यहाँ गलत प्रचार गरिएको बताए ।

 

‘भारतबाट फर्किँदा स्वागत होला भनेको त यहाँ त बडो विचित्रका तर्क-कुर्तक हुन थाले’, प्रधानमन्त्री प्रचण्डले भने । उनले नेपाल र भारतबीचको सीमा विवादको विषयमा बोलेका सबै भिडियो सार्वजनिक भएको अवस्थामा कुतर्क गर्न नहुने बताए ।

 

नेपालका केही बुद्धिजीवी वा विज्ञले भनेका आधारमा मात्रै कुरा गरेको बताए । उनले बङ्गलादेश मोडलका कुरा आफ्नो नभएर विज्ञहरुको कुरा भनेको बताए ।

 

उनले मुख्य रुपमा सीमासम्बन्धी विवाद अन्त्य गर्नु ठुलो कुरा भएको बताए । ‘समस्या समाधानका विषयमा यी विकल्पहरु पनि हुन सक्छन् भने हुन् तर माननीय सांसदहरुले अतिरञ्चित रुपमा प्रचार गर्नुभयो,’ उनले भने ।

Share: