यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका मदन राई धरौटीमा रिहा

Share:

काठमान्डौ/यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 

उनीसँग चार लाख धरौटी मागिएको थियो। अहिले धरौटी बुझाएर छुटिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम्) का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो ।

 

खोटाङ जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख सङ्गीता न्यौपानेका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।

Share: