
काठमान्डौ/सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधिन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन उनले घुस मागेका आयोगका प्रवक्ता भाेला दाहालले जानकारी दिए।घुस रकम लिएलगत्तै टोलीले उनलाई मंगलबार विद्यालयबाटै पक्राउ गरेको हो।