
काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि र कर्मचारीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिकामा सडक निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध अविशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
अख्तियारले आज तीनजना प्रतिनिधि, तीन कर्मचारी र उपभोक्ता समितिका तीन पदाधिकारीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । वास्तविक रूपमा भए गरेको आयोगले तत्कालीन नगर प्रमुख हरिजंग शाही, तत्कालीन नगर उपप्रमुख सुन्तला रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारू, इन्जिनियर महेशसिंह कठायत र असिस्टेन्ट सब-इन्जिनियर हस्तबहादुर मल्ल र वडा नम्बर ७ का सदस्य पशुपति शाहीविरुद्ध मुद्दा दायर गरेको हो ।
बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्यारी शाही, कोषाध्यक्ष नानी कामी र सचिव साधना मल्लविरुद्ध पनि मुद्दा दायर भएको छ । आर्थिक वर्ष ०७४-७५ मा यस्तो अनियमितता भएको हो ।