
काठमान्डौ/नेकपा (एमाले)ले कार्यकारी कमिटीमा लगाएको ७० वर्षे उमेर हद हटाएको छ । एमालेको जेठ १९ गते बसेको सचिवालय बैठकले दसौँ महाधिवेशनको विधान सम्मेलनले पारित गरेको कार्यकारिणी कमिटीमा लाग्ने उमेर हद हटाउने निर्णय गरेको हो ।
एमालेको विधानको धारा ६४ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था छ ।त्यस्तै, ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशनरअधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान राखिएको छ ।
त्यसलाई हटाउने र पारित गर्न विधान महाधिवेशनमा प्रस्ताव लैजाने निर्णय भएको एक पदाधिकारीले बताएका छन् ।