राष्ट्रपतिलाई २४ गते मात्रै नागरिकता विधेयक प्रमाणीकरण गर्न भनेको थिएँ : प्रधानमन्त्री

161
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारत जाने दिन नै राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुने संयोग मात्रै रहेको बताएका छन् । आज (बुधबार)को राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई जेठ २४ गते मात्रै नागरिकता प्रमाणीकरण गर्न सुझाव दिएको बताए ।

 

‘नागरिकता विधेयक मैले भारत जाने दिन प्रमाणीकरण होस् भन्ने होइन। तर, राष्ट्रपति कहाँ म भारत जाँदै छु यो–यो गर्नु भन्न गएको थिएँ। म त २४ गते हुने बजेटमाथिको छलफलको दिन होस् भन्ने चाहन्थे,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भारत जानुअघि मैले बेकारमा किन गर्नु भन्थे हुँला र ?’

 

प्रधानमन्त्री प्रचण्डले नागरिकता रुपमा नभएर संविधानविद् र कानुनविद्सँग छलफल गरेर मात्रै राष्ट्रपति कार्यालय पठाएको बताए। उनले राष्ट्रिपतिलाई विधेयक प्रमाणीकरणको लागि सुझाव मात्रै दिएको र राष्ट्रपतिले आफ्नो छलफलपछि प्रमाणीकरण गरेको बताए ।

Share: