कोशी प्रदेशका मुख्यमन्त्रीलाई राजीनामा दिई मार्ग प्रशस्त गरी , नया सरकार गठनको बाटो खोल्दिन आग्रह (विज्ञप्तिसहित)

Share:

काठमान्डौ/नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मासात गर्दै अल्पमतमा रहेको सरकारले नैतिक रूपमा राजीनामा दिन आग्रह गरेको हो ।

 

बैठकले लोकतान्त्रिक मान्यता अनुरूप आगामी सरकार निर्माण गर्न मार्ग प्रशस्त गर्न राजीनामा दिनुपर्ने जिकिर गरेको छ । बैठकपछि विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बजेटको समयमा अल्पमतमा परेको सरकारले राजीनामा दिनुको साटो प्रदेश सभाको अधिवेशन स्थगन गर्नुले सरकार गैरजिम्मेवार भएको बताए ।

 

उनले विज्ञप्तिमा प्रदेशमा अझ झन् समस्या थप्न तिर सरकार उद्धत भएको स्पष्ट भएको बताएका छन् । विज्ञप्तिमा नागरिकका आवाज बोल्ने संसद जस्तो गरिमामय सभालाई अल्पमतमा रहेको सरकारले बन्धक बनाउन खोजी प्रदेशको नीति तथा कार्यक्रम र बजेट अध्यादेशमार्फत ल्याउनका लागि गरिएको यो गलत कदम प्रति नेपाली काँग्रेस संसदीय दल कोशी प्रदेश घोर भर्त्र्सना गरेको छ ।

 

विज्ञप्ति :-  

 

Share: