मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा प्रचण्ड , मोदी र किराती मध्ये एकलाई हटाउने तयारी

243
0
Share:

काठमान्डौ/मन्त्रिपरिषदले पूर्णता पाएको एक महिना पनि नहुँदै प्रधानमन्त्री पुष्पकमल दाहालले फेरी मन्त्रिपरिषद् हेरफेर गर्दैछन् । चार दिने भारत भ्रमण सकेर फर्किएका दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनुपर्ने भएकाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको दाहाल निकट माओवादीका नेताले जानकारी दिए।

 

पुस १० मा एमालेको सहयोगमा प्रधानमन्त्री भएका दाहालले जेठ ९ गते मात्रै सरकारलाई पूर्णता दिएका थिएमन्त्रिपरिषदले पूर्णता पाइसकेकाले जनमत पार्टी सरकारमा आउँदा माओवादी केन्द्रले एउटा मन्त्रालय छाड्नुपर्ने सम्भावना छ।

 

माओवादीबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा, संघीय मामिला तथा सामान्य प्रकाशनमन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती छन्।स्रोतका अनुसार माओवादीले एउटा मन्त्रालय छाड्दा संस्कृतिमन्त्री किराँती र संघीय मामिलामन्त्री मोदीमध्ये एक जना हट्ने सम्भावना छ।

 

माओवादी एक नेताका अनुसार मन्त्री किरातीसँग प्रधानमन्त्री दाहाल सन्तुष्ट छैनन् । नेताहरुका अनुसार माओवादीले जनमत पार्टीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय दिने तयारी गरेको छ ।मोदीले बिहीबार आफ्नो मन्त्रालयले हालसम्म गरेका प्रगति विवरण सुनाउन पत्रकार सम्मेलन गर्दैछन् ।

 

संस्कृतिमन्त्री किराँतीको ठाउँमा मोदीलाई पठाइ संघीय मामिला जनमतलाई दिने तयारी प्रचण्डको रहेको स्रोतको दाबी छ । मन्त्री किरातीले पनि आफु हट्नु पर्ने संकेत पाएसँगै केहीदिन यता मन्त्रालय त अरुले नै चलाउने रहेछन् भन्ने जस्तो अभिव्यक्ति दिइरहेका छन् ।

 

 

Share: