
काठमान्डौ/काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।आज बिहिबारसभा गृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो । नेपालको नक्सा पुरानो भइसकेको हुँदा ग्रेटर नेपालको नक्सा राखी पुनः स्थापना गरिएको बताइएको छ ।
भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो । मेयर बालेन शाह भने अहिले भारतको बैंगलुरमा छन् ।