
काठमान्डौ/अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् । राष्ट्रिय सभाको बैठक शुक्रबार बिहान ११ बजेर ३१ मिनेटमा बोलाइको छ । उक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय भएको छ ।
संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची निकालेर बजेटमाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री महतले दिने तय भएको जानकारी दिएका छन् ।