काभ्रेकै पहिलो क्यासिनोसहितको पाँचतारे रिसोर्टमा स्तरोन्नति हुँदै ‘आगन्तुक’

182
0
Share:

काठमाडौंका/काभ्रे बनेपा नगरपालिकास्थित चारतारे स्तरको ‘आगन्तुक रिसोर्ट’ ले लगानी विस्तार गर्ने भएको छ।७२ रोपनी क्षेत्रफल ओगटेको आगन्तुक आगामी डेढ वर्षभित्र संरचना थपेर पाँचतारे रिसोर्ट बनाउने तयारी अगाडि बढेको अध्यक्ष सरस्वती गौतम ज्ञवालीले जानकारी दिइन्।रिसोर्टहरूका भीडमा पृथक स्वरूपमा निर्माण भएको आगन्तुक सन् २०१९ अन्तिमदेखि सञ्चालनमा आएको थियो। कोभिड र आर्थिक मन्दीबीचमा आन्तरिक पर्यटकले भरिभराउ आगन्तुकमा विदेशी आर्कषण गर्न क्यासिनो सञ्चालन गर्ने तयारीमा आफूहरू लागेको अध्यक्ष ज्ञवालीले बताइन्।

 

काठमाडौं उपत्यकाबाट नजिकको गन्तव्यका रूपमा आगन्तुक रिसोर्ट बनेकाले क्यासिनोप्रेमीले प्रकृतिलाई नजिकबाट नियाल्दै खेल्न सक्ने गरी थप संरचना निर्माण भइरहेको उनले बताइन्।क्यासिनो सञ्चालन भने रिसोर्ट आफैंले गर्दैन। कुनै कम्पनीलाई भाडामा दिने गरी काम अगाडि बढाइएको ज्ञवालीले जानकारी दिइन्।

२ अर्बमा बनेको आगन्तुक रिसोर्टको कमिला घरमा ‘मुगल थिम’ को रुम
रिसोर्ट झट्ट हेर्दा माटोले बनेको ढिस्कोजस्तै देखिन्छ। जग्गा बनावटअनुसार नै संरचना निर्माण गरिएकाले बाहिरबाट आउनेबित्तिकै हेर्नेलाई लाग्न सक्छ यो त पुरानै घर हो। तर, त्यो घरभित्र रहेका कोठा भने आधुनिक शैलीमा सजिसजावटसहित ‘लक्जरियस’ छन्।रिसोर्टमा राखिएका हरेक सामान कलात्मक छन् भने हरेक कोठामा बालकोनी छ। जसबाट बाहिरी वातावरण प्रत्यक्ष नियाल्दै प्रकृतिसँग साक्षात्कार गर्न पाइन्छ।

 

६८ कोठा रहेको रिसोर्टमा ४ स्विट, ४० प्रिमियम, ८ डिलक्स र १६ स्ट्यान्डर्ड कोठा छन्। १ सय ८० डिग्रीको ‘एंगल’ मा हिमालय शृंखला अवलोकन गर्न सकिन्छ।रिसोर्टमा प्रतिरात साढे १२ हजारदेखि २० हजार रुपैयाँसम्मका कोठा पाइन्छन्। रिसोर्टले आन्तरिक पर्यटकलाई प्राथमिकतामा राख्दै विभिन्न प्याकेजसमेत ल्याउन लागेको छ।रिसोर्टमा स्विमिङ पुल अहिले नै सञ्चालनमा छ भने स्पाको संरचना पनि निर्माण भइरहेको छ। रिसोर्टमा सबैप्रकारका खानको सुविधा उपलब्ध छ। बालबालिकालाई मनोरञ्जन दिनेदेखि हेलिप्याडसमेत छ।

 

चौबिसै घन्टा सबैप्रकारका सुविधा उपलब्ध रिसोर्टमा ग्राहक आवश्यकताअनुसार आवास सुविधा रहेको रेसिडेन्ट म्यानेजर विमल पौडेलले जानकारी दिए।
सेमिनार तथा कार्याशालाका लागि हल, आवास र गैरआवासीय अतिथिलाई खाना, क्याफेको समेत सुविधा रहेको उनले बताए। ग्राहकका लागि लुगा धुने र सञ्चार सेवासमेत उपलब्ध गराउँदै आएको रिसोर्टमा जिम सेवा पनि छ।

 

Share: