
काठमान्डौ/गर्मीयाममा र चाडपर्वको समय आए पछी कोल्ड ड्रिंक्सको माग ह्वातै बढ्ने गर्दछ र गर्मीयाममा त अझ बडीनै यस्ता पेपदार्थको खपत बढ्दै गएको विभिन्न तथ्याङ्गहरुले देखाउदै आएको छ। तर हामीले प्रयोग गर्ने यस्ता पेयपदार्थले मानिसको स्वास्थ्य लाई फाईदा गर्छ / कि असर गर्छ भने आम जिज्ञासा छ।अझ नेपाली समुदायमा पछिल्लो समय चाडपर्व नजिकिदै गर्दा खाना संगै कोल्ड ड्रिंक्स पनि अनिवार्य रोजाई र सेवन गर्दै आईरहेको पाईन्छ।
गर्मीयाममा मानिस को शरिरको तापक्रम बढ्न पुग्छ र मानिस चिसो पदार्थ खोजि खोजि पिउन मन पराउछन र पिउने गरिन्छ। गर्मीयाम बढे संगै हामी कोल्ड ड्रिंक्स पिउने गर्छौ। तर हामीलाई कोल्ड ड्रिंक्सले हाम्रो स्वास्थ्यमा असरगर्छ या गर्दैन , खाए पनि कति खाने कति मात्र खाने भन्ने विषय सबैमा अन्योलमै हुन्छौ।
नेपालमा सबैभन्दा धेरै मानिसले अत्यन्तै प्रयोग गरिने र तपाई हामीले प्राय प्रयोग गरिरहने कोकाकोला , फ्यान्टा , स्प्राईड र अन्य इनर्जी ड्रिंक्स सबैले प्रयोग गर्ने गरेको छौ। तर हाम्रो स्वास्थ्यमा यसले फ़ाईदा गर्छ या गर्दैन भन्ने कुरा आम मानिसको चासोको विषय हो।
स्वास्थ्यका दृष्टिकाेणले काेल्ड ड्रिंक्स त्यति लाभदायक र स्वास्थ्यवर्धक हुँदैन । तत्कालका लागि स्वादिलो र शीतल हुने भएपनि यसले पार्ने दीर्घकालिन असर धेरै भएको विभिन्न अध्ययनहरूले देखाएको छ। अझ विस्वका केहि विषय विज्ञले त् यसलाई टवाईलेट किल्नर संग समेत तुलना गरेका छन्। त्यो किन भने यसले टवाईलेट क्लिन गर्दा पनि सहजै टवाईलेट किल्नरको झैँ राम्रो संग सफा हुने गरेको छ। तेसैले यो खास मानब स्वास्थ्य स्वास्थ्यवर्धक छैन।
प्राय कोक, पेप्सी, फ्यान्टा, स्प्राइट, इनर्जी ड्रिंक्स र अन्य कोल्ड ड्रिंक्स नियमित पिएमा हाम्रो शरीरमा चाहिनेभन्दा बढी (सामान्यभन्दा १० चम्चा बढी) सुगर आपूर्ति हुन्छ । यिनै पेय पदार्थ फस्फोरिक एसिडका कारण तत्काल गुलियोपनको अनुभव खास मानिसले गर्दैनन्। जसले गर्दा मानिशको शरीरमा तीव्र रूपमा इन्सुलिन उत्पादन हुन्छ र सुगर बोसोमा परिणत हुने भएकाले मोटोपनाको समस्या हुने गरेको स्वास्थ्यका जानकारहरु बताउदै आएको पाईन्छ।
सदैब कोल्ड पिउदा के हुन्छ ? के के रोग लाग्न सक्छ ?
सदैब कोल्ड ड्रिंक्स सेवन गर्ने मानिसहरुमा टाइप टु मधुमेह हुने गरेको स्वास्थ्य विज्ञहरु बताउछन । बजारमा पाईने यी खाल्का कोल्ड ड्रिंक्समा अत्यन्तै चिनीको मात्रा हुने हुनाले हृदयाघात र मुटुसम्बन्धीका विभिन्न रोग हरुपनि लाग्ने सम्भावनालाई कोल्ड ड्रिंक्सले बडाउने गरेको बिज्ञको भनाई रहदै आएको छ ।
अझ यस्ता खाल्का पेयपदार्थहरुमा मेटल, सिसा, क्रोमियमजस्ता रसायनहरु पनि प्रयोग गरिएको हुन सक्ने हुनाले यसले आँखाको रेटिना , पेट तथा मस्तिष्क सम्बन्धी समस्या सम्म निम्त्याउन सक्ने छ।कोल्ड ड्रिंक्सले हड्डीलाई पनि कमजोर बनाउने काम गर्ने स्वास्थ्य बिज्ञहरुले बताउदै आएका छन् । अझ फ्रिजमा राखिएको चिसो सहितको कोल्ड ड्रिंक्सले नसाको विरामी बनाउने गरेको र बाथ रोगका लागि पनि एकदमै बेफाइदा गर्दछ । तेसैले गर्दा कोल्ड ड्रिंक्स सेवन धेरै गर्नु हानिकारक रहेको जानकारहरु बताउछन।
कोल्ड ड्रिंक्सले तपाई / हाम्रो स्वास्थलाई यस्ता असर पार्ने गर्दछ ।
– मानिसको पाचन प्रणालीमा समस्या निम्त्याउछ।
– टाउको दुख्ने समस्या निम्त्याउछ।
– मुटुको चाल ढिलो हुने गर्दछ।
– शरीरमा बोसोको मात्रा बढाउने गर्दछ।
– शरीरमा झट्का हरु सिर्जना हुने गर्दछ।
तसर्थ हामीले गर्मीयाममा अत्याधिक सेवन गर्ने गरेको कोल्ड ड्रिंक्स सेवन गर्नु भन्दापनि हामीले घरमा नै तयार गर्न सकिने धरायसी बस्तु प्रयोग गरेर पनि गर्मिमा शितलता प्राप्त गर्न सकिन्छ। घरमै अर्थात दहि ,मोही , सर्वतपानी लगाएतका पेय पदार्थको सेवन गरेमा यी बस्तुहरु स्वास्थ्यका लागी लाभदायिक हुन्छन। तिनको सेबन गर्न स्वास्थ्यका विषय विज्ञहरुले सम्म सुझाव ब्यक्त गरेका छन्।