वृद्ध दम्पती मृत फेला

126
0
Share:
काठमाडौँ/मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१  चाइना गेटका ७८ वर्षीय  कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया  नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी नायव उपरीक्षक  टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Share: