आज सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? (बजार मूल्यसहित)

168
0
Share:

काठमान्डौ/साताको पहिलो आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ८०० सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

गत कारोबार दिन शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।शुक्रबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Share: