त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो, एक जना घाइते

388
0
Share:

काठमान्डौ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको हो । लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको विमानस्थल प्रहरीले जानकारी दिएको छ । ती युवकको घुँडामुनि गोली लागेको छ ।

 

पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको प्रहरीले बताइएको छ । उनलाई उपचारको लागि अस्पताल लगिएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Share: