
काठमान्डौ/नेपाली समाजमा ठगीका अनेक रुप देखिन थालेका छन् । २१औं शताब्दीका युवा मानिएका तथा काम गर्न सक्षमहरु नै हाल देशभर सजिलो कामको खोजी गर्दै ठगी धन्दामा लागेका हुन् । उनीहरुको ठगी धन्दाको रुप भने फरक फरक देखिएका छन् । कोही लुटपाट तथा जघन्य अपराध गरेर आफ्नो आवश्कता पूरा गरिरहेका छन् भने कोही धर्मकर्मको नाममा आम जनताको आँखामा छारो हालेर ठगी गर्दै आफ्ना आवश्यकताहरु परीपूर्ति गर्दै आएका छन् ।
उनीहरुले आाँखाले हेरेर उपचार गर्नेदेखि विभिन्न किसिमका झारफुकको नाममा समेत सर्वसाधारण ठग्ने क्रम बढेको छ । २१औं शताब्दीमा पनि नेपाली समाज अझै अन्धविश्वास मा रुमलिरहेको सहजै अनुमान लगाउन सकिन्छ ।
विभिन्न रोग निको पार्ने नाममा ठग्ने प्रवृत्ति समाजमा मौलाउँदै गएको छ । सत्यतथ्य नबुझी विश्वास गर्नु नै अन्धविश्वास हो । अन्धविश्वास सामाजिक विकृति पनि हो । तर, हल्लाकै भरमा अन्धविश्वासको विश्वास गर्नेको संख्या यहाँ कमीको सट्टा बढ्दो छ । सामाजिक सञ्जालमा सर्वत्र छाएर सिमित भक्तजन तथा सर्वसाधरणले चिनेका अधिकांश माता भनिनेहरुको पछि लाग्नेको कमि छैन यहाँ ।
सामाजिक सञ्जालबाटै बजारमा आएका ‘सीमान्त केसी’ भनिने मोरङका भरत भट्टराईले आँखाले हेरेकै भरमा बिरामीलाई निको पार्ने दाबी गर्दै आएका छन् । कार्यालय खोलेरै अन्धविश्वासको भ्रम छरेका उनी लामो समय टिकटकमा भाइरल बने । उनको उपचार केन्द्रमा पुग्नेको भीड थेगिनसक्नु भयो ।
रोगीसँग प्रतिव्यक्ति एक हजार रुपैयाँ उठाउँदै आएका उनले उपचार नगर्ने र गर्न नसक्ने केही पनि नभएको बताउँदै आएका थिए । सर्वसाधारणले उनको कुरा पत्याए । आँखाले हेरेको र तेल लगाएको भरमा बिरामी निको पार्ने भन्ने उनको दाबीमा नेपाल चिकित्सक संघले चर्को विरोध गर्दै विज्ञप्ति नै जारी गर्यो । प्रहरीले उनको राजधानीस्थित उपचार केन्द्रमा ताला लगाइदियो ।
त्यस्तै ठगीधन्दा चलाउने एक जना अर्का व्यक्ति हुन्, माता जेनि श्रेष्ठ उनले हजारौ सोझा तथा सर्वसाधरणलाई झुक्याउँदै कमाउ धन्दा चलाउँदै आएका छन् । आफूलाई मनकामना माताका रुपमा चिनाउँदै बजारमा छाएकी उनी काठमान्डौंको सोभा भगवतीमा आफ्नै घरमा यस्तो धन्दा सञ्चालन गर्दै आइरहेकी छिन् । उनले सामाजिक सञ्जाल टिकटकमा आफूलाई माता बताउँदै आफूले पासपोर्ट छोएकै भरमा भिसा लाग्ने आश्वासन दिँदै असुली धन्दा सञ्चालन गर्दै आइरहेकी छिन् । उनले पनि सर्वसाधारणलाई ‘उल्लु’ बनाउने काम गर्दै आएकी छिन् ।
पासपोर्टमा झारफुक गरेर भिसा लाग्ने विशवास दिलाउदै आएका उनले पासपोर्ट फुकाउन १५ सय रुपैयाँ लिन्छिन् भने पूजा सामग्रीको चार पचास रुपैयाँ लिन्छिन् । जुत्ता राखेको छुट्टै शुल्क लिँदै आएकी छिन् । उनले यसरी नै हजारौ सोझा सिधा सर्वसाधरणबाट असुली धन्दा चलाउँदै आएकी छिन् ।
धेरैले उनी माता भएकी र सबैको मनोकामना पूरा गर्छिन् भन्ने विश्वास गरेको देखिन्छ । त्यहाँ पुगेका सर्वसाधरण पनि माताको पछि लाग्दै त्यहाँ आएपछि आफ्नो अमेरिका, अष्ट्रलिया, क्यानाडा, जापान लगायतको भिसा लागेको बताउँदै आएका छन् ।
उनी जस्तै अर्का व्यक्ति हुन्, प्रकाश भुजेल । जो आफूलाई समाज सेवीका रुपमा चिनाउँदै आएका छन् । उनको धन्दा पनि प्रश्तुत माथिका दुई पात्रको भन्दा फरक भने छैन । उनले कति स्थानमा आफूलाई समाजसेवी बताउँदै सहयोग गरेको तस्बिरहरु सामाजिक सञ्जालमा प्रचार, प्रसार गर्दै आएका भने आफूले निशुल्क झारफुक गर्ने र बोल्न, हिँड्न समेत नसकेका व्यक्तिहरुको सफल उपचार भएको भन्दै सामाजिक सञ्जालरमा प्रचार, प्रसार गर्दै आइरहेका छन् ।
उनले झारफुकका निमित पैसा नलिने बताए पनि उनको उपचार केन्द्रसम्म पुग्नेहरुले भने झारफुकको लागि उनलाई सुरुमै २५ सयदेखि तीन हजार रुपैयाँसम्म बुझाउनुपर्ने तबताउँछन् । उनले गोकर्णेश्वर नगरपालिकाबाट आयुर्वेद पसल सञ्चालनका निम्ति पालिकाबाट अनुमति लिए पनि उनले सोझा सर्वसाधरणलाई ठगेर कमाउ धन्दा सञ्चालन गर्दै आएका छन् । उनले बोल्नै नसक्ने तथा केही गर्न नसकने बिरामीलाई बोल्न, हिँड्न सक्ने बनाउने बताउँदै आएका छन् ।
राजधानीमा नै अन्धविश्वासप्रति सर्वसाधारणको यति धेरै लगाव छ भने सुदूर ग्रामीण भेगको अवस्था कस्तो होला रु सरकार, सम्बनिधत निनकाय, प्रशासनले धर्म र उपचारका नाममा भइरहेका यस्ता विकृति रोक्न नसक्दा समाज बेतिथि समाजमा मौलाउदै गएको देखिन्छ । अस्पताल लैजानु पर्नेलाई धाँमीझाँक्रीकोमा पुर्याउँदा भएको र हुने क्षति सबैले देखेको र अनुमान लगाउन कुनै गाह्रो छैन ।