
काठमान्डौ/नेपाली कांग्रेसकाभातृ संगठनहरु लामो समय देखि नेतृत्व विहिन रहे र केहि महिना अगि देउवाले तात्कालिन संयोजक तोक्दै भातृ संगठन विस्तार गर्ने कार्य तिब्र बनाईएको थिए।भातृ संगठन भएकापनि प्रवाभाकारी काम नहुदै आएकोमा केहि समय अघि देखि नया नेतृत्व चयन गर्दै अगी बडिरहेको ठाउमा विवाद नै विवाद सिर्जना भएका छन् । तेस्तै विवादका विच नेपाली नेपाली कांग्रेसको भातृ संगठन मध्ये महत्वपुर्ण मानिने र प्रभावकारी ट्रेड युनियन काग्रेस काभ्रेमा पनि नया नेतृत्वको विषयमा विवाद सिर्जना भएको छ। निर्वाचन नगराई आफु अनुकुललाई जिल्ला कार्यसमितिले पुन: नेतृत्वमा चयन गरी धोषणा गरेको प्रति नेतृत्व गर्नका लागी निर्वाचन प्रक्रियामा नै भाग लिएका एक उमेद्वारले आज निवेदन पेश गर्दै धोषणा गरीएको निर्णय मान्य नहुने र पुन : निर्वाचन गराउनु पर्ने माग गरेका छन्।
काभ्रेको बनेपामा गत बैशाख २३ गते आयोजना गरिएको जिल्ला अधिवेशनमा पहिलो सत्रको कार्यक्रम सकी निर्वाचन प्रक्रियामा सामेल भएका जति आफ्नो गुटको पर्यो परेन भनि हेरिरहेका नेतृत्वकै आज्ञामा अधिवेशन स्थाकित गरिएको थियो। अधिवेशन स्थकित गरिएको भए पनि हिजो २७ गते एक्कासी कांग्रेस काभ्रेको कार्यालयमा जिल्ला कार्य समितिको नेत्रित्व गर्दै आएको एक समूहले आफ़ुखुसि नेतृत्व स्व धोषणा गर्नाले विवाद थप चुलिदै गएको हो।निर्वाचन प्रकियामा सामेल भएको आफ्नो असमति बेगर अध्यक्ष धोसण गर्न लगाईएको प्रति अध्यक्षका आकान्क्षि रहेका नेता बालकृष्ण गौतमले आज नेपाल ट्रेड युनियन कांग्रेसको केन्दीय कार्यालयमा निवेदन दिएका हुन्।
धोषित अध्यक्ष प्रति आफ्नो असहमति रहेको भन्दै अध्यक्षका उमेद्वारले निवेदन पेश गरेका हुन्। उनिले निवेदनमा भनेका छन् :- अधिवेशनलाई स्थकित गराई निर्वाचन नगरी एक्कासी हिजो अध्यक्ष धोषणा गरिको प्रति असमति रहेको र आफ्नो उमेद्वारी कायमनै रहदा उमेद्वारी फिर्ता नगराई तिन कार्यकाल नेतृत्व गरीसकेकालाई पुन: धोषणा गरेकोमा असहमति रहकोले उक्त धोषणा रद्ध गराई पुन निर्वाचन गराई नेतृत्व चयन गर्न अनुरोध गर्दछु ।
एक्कासी जिल्ला कार्यसमितिले केहि पदाधिकारीहरुले इच्छा बमोजीम आज भन्दा अगाडी नै ३ कार्यकाल नेतृत्व गरिसकेकालाई नै पुन : अध्यक्ष धोसण गरिएको प्रति उमेद्वार बालकृष्ण गौतमको असहमति रहेको र निर्वाचन गरिनु पर्ने उनको भनाई छ । उनि आफ्नो उमेद्वारी बारे जानकारी नगराई एक तर्फी सिमीत नेताको निर्देशनमा जिल्ला कार्यसमितिले धोषणा गरेको प्रति आपति ब्यक्त गर्दै आएका छन्।